
शिक्षार्थी अधिकृतहरुको प्रण:
देश र जनतालाई शीरमा राखी अनुशासित भई इमान्दारी, बफादारीका साथ मन, बचन र कर्मले नेपाली सैनिक प्रतिष्ठानको नीति, नियम र आदर्श वाक्य “ज्ञान सेवा नेतृत्व” लाई आत्मसाथ गरी संस्थागत उद्देश्य प्राप्तिको लागि दृढ रहने छौ ।
तालिमको उद्धेश्य:
दिएको जिम्मेवारीलाई दक्षताका साथ बहन गर्न सक्ने पेशागत रुपमा निपूर्ण से.मु.पति तथा जुनियर लिडर तयार गर्नु हो ।
तालिम अवधि:
(क) पदिक तथा हुद्धा क्याडेटको पुरा तालिम अवधि ९ महिना हुनेछ ।
(ख) प्रथम चरण १६ हप्ता (८ हप्ता ड्रिल स्क्वायर टेष्ट फेज सहित) ।
(ग) दोश्रो चरण १२ हप्ता ।
(घ) तेश्रो चरण ८ हप्ता ।