
शिक्षार्थी अधिकृतहरुको प्रण:
देश र जनतालाई शीरमा राखी अनुशासित भई इमान्दारी, बफादारीका साथ मन, बचन र कर्मले नेपाली सैनिक प्रतिष्ठानको नीति, नियम र आदर्श वाक्य “ज्ञान सेवा नेतृत्व” लाई आत्मसाथ गरी संस्थागत उद्देश्य प्राप्तिको लागि दृढ रहने छौ ।
तालिमको उद्धेश्य:
लडाई तथा शान्तिको समयमा अन्य फौजहरुसंग समन्वय गरी प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न सक्ने सक्षम र बफादार प्राविधिक अधिकृत (प्राविधिक से.मु. पति) तयार गर्नुहो ।
तालिम अवधि:
प्राविधिक अधिकृत आधार तालिमको तालिम अवधि र चरणहरुको विभाजन निम्न अनुसार रहेको छ ।
(क) प्राविधिक अधिकृत आधार तालिमको पुरा तालिम अवधि ३ महिना (१२ हप्ता) ।
(ख) प्रथम चरण ६ हप्ता (४ हप्ता ड्रिल स्क्वायर टेष्ट फेज सहित) ।
(ग) दोश्रो चरण ६ हप्ता ।